www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

सार्वभौमसत्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सार्वभौमसत्ता भनेको राज्यको भूमिमा स्थित जमिन, जल, जङ्गल, प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। सत्य के हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।

कसैको हस्तक्षेप बिना आफ्नो कानुन बनाउन पाउनु र स्वतन्त्र रूपले आफ्नो स्रोत साधानको उपभोग र परिचालन गर्न पाउनुनै सार्वभौमिकता हो।