www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

प्रेमध्वज प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमध्वज प्रधान
व्यक्तिगत विवरण
वास्तविक नामप्रेमध्वज प्रधान
जन्मवि.सं.१९९४ साल असार कृष्णपक्ष
चौतारा, नेपाल
मृत्युवैशाख २३, २०७८
काठमाडौं, नेपाल
विधालोक, आधुनिक
पेशागायन

प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्। वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले।

आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रेमध्वज प्रधानको जन्म नेपालको चौतारा मा भएको थियो ।

केही चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

  • घुम्तीमा नआउ है
  • तिमीलाई अचेल कहाँ देखुँ
  • गोरेँटो यो गाउँको
  • पर लैजाउ फुलहरु

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

[१][dead link]