www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

कर्पस ल्यूटम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्पस ल्यूटम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर कर्पस हेमोर्‍याजिकम बनेपछि विकसित हुने डिम्बाशयमा रहने भाग हो। गर्भधारण भएमा गर्भावस्थाभरी नै यसले प्रोजेस्टेरोन उत्पादन गरेर गर्भको रक्षा गर्छ। तर गर्भ रहेन भने यो कर्पस अलबिक्यानस् बन्दै अन्तत हराएर जान्छ। यसरी फोलिकल समेत डिम्बको विकास हुने, उत्सर्जन, कर्पस हेमोर्‍याजिकम, कर्पस ल्यूटम, कर्पस अलबिक्यानस् हुदै जाने हुदा स्त्री जनावरहरूको इस्ट्रस चक्र (estrus cycle) चलिरहन्छ।